काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।
आइतबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिएको छ ।
वाग्मती प्रदेशबाट अन्य समूहमा एक पद रिक्त भएकाले उक्त पदमा उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापाले दल त्याग गरेका कारण उक्त पद रिक्त भएको थियो ।