रुपन्देहीमा तीन वटा जन्ती बसलाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु, ६ गम्भीर घाइते

बुटवल । रुपन्देहीको कोटिहवामा टिपरले तीन वटा जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । आइतबार सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहिया सडक खण्डको कोटिहवामा भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा १५ की वर्ष १० की सरस्वती हरिजन र वर्ष ८ की गंगा हरिजनको ज्यान गएको प्रहरीले बताएको छ ।

भैरहवाबाट बुटवलतिर आइरहेको जन्ती बोकेको लु १ ख ९६८५ नम्बरको बसलाई भैरहवा तर्फबाटै नै बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो । टिपरले पछाडिबाट ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेकै अर्को र लु १ ख ५७८८ नम्वरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रित भई लु २ च ७०७२ नम्बरको बलेरो जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी टिपर चालक सहित ६ जना घाइते भएका लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेमध्ये टिपर चालकको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र अन्य ५ जनाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भई रहेको छ ।
अहिले ट्राफिक प्रहरीले टिपरको आवत जावतलाई रोकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *