USAID

थप २४८६ जनामा कोरोना संक्रमण, १४ को मृत्यु, ३६८ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४८६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९७०८७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३६८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७७१२३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ । क्वारेन्टाइनमा ७१ जना छन् भने आइसोलेसनमा १६८२८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *