प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित  धरहराको उद्घाटन गरेका छन् । शनिबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि प्रधानमन्त्री लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर पुष्पवृष्टिसमेत गरेका थिए ।

२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

धरहराको उद्घाटन गरिए पनि पुनर्निर्माणको सबै काम बाँकी रहेकाले आगामी मंसिरदेखि मात्र सर्वसाधारणका लागि खुला गरिने प्राधिकरणले जनाएको छ ।

महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भिमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले पुनर्निर्माण गराएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *