त्रिकोणात्मक सिरिज: उपाधिको लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

प्रज्जवल थापा । कीर्तिपुरमा जारी त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधिको लागि आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकल्दै उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपाललाई घरेलु मैदानमा ११ वर्षपछि उपाधि जित्ने अवसर रहेको छ । नेपालले पछिल्लोपटक घरेलु मैदानमा सन् २०१० मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि जितेको थियो । जारी सिरिजमा राम्रो प्रदर्शन गरिराखेको नेपाली टोलीको लागि उपाधि जित्ने सुनौलो अवसर रहेको छ । नेपालले सिरिज अन्तर्गत समुहचरणको ४ खेलमा ३ जित र १ हारको नतिजा निकालेको थियो ।

सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाईपनि ९ विकेटले हराएको तियो । यस्तै तेस्रो खेलमा नेदरल्याण्ड्ससँग ३ विकेटको हार बेहोरेको नेपालले चौथो खेलमा मलेसियामाथि ६९ रनको शानदार जित निकाल्दै शिर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेको थियो ।

उपविजेता हुँदै फाइनल पुगेको नेदरल्याण्ड्सले आफ्नो पहिलो खेलमा नेपालसँग ९ विकेटको लज्जासपद हार बेहोरेको थियो । दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराउदै सिरिजमा पहिलो जित निकालेको थियो । समुहचरणको चौथो खेलमा नेपालमाथि ३ विकेटको रोमाञ्चक जित निकालेको नेदरल्याण्ड्स मलेसियासँगको पाँचौ खेल टाई भएको थियो ।

नेपाल र नेदरल्याण्ड्सबिचको पछिल्लो १० भेटमा ६ खेल नेदरल्याण्ड्सले जितेको छ भने ३ खेल नेपालले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *