टिममा फर्किए इडेन हजार्ड

प्रज्जवल थापा । लामो समय चोटको कारण मैदान बाहिर रहेका बेल्जियन फर्वार्ड इडेन हजार्ड टिममा फर्किएका छन् । एक महिना बढी टिम बाहिर रहेका हजार्डलाई प्रशिक्षक जिनेदिन जिदानले भोलि(शनिबार) रियल बेटिससँग हुने खेलको लागि २० सदस्यीय टोलीमा समावेश गरेका हुन् ।

पछिल्लो पटक मार्च १३ मा इल्चेविरुद्वको खेल खेलेका हजार्ड त्यसपछि चोट बोक्दै मैदान बाहिर रहेका थिए । पछिल्लो तीन हप्तादेखि प्रशिक्षणमा फर्किएपनि जिदानले हजार्डलाई टोलीमा समावेश गरेका थिएनन् । ” अहिले हजार्ड पुर्ण रुपमा फिट भैसकेका छन् । त्यसैले भोलि हुने खेलको लागि उनी हामीसँग हुनेछन् ।”, जिदानले प्रेस कन्फ्रेन्समा भने ।

हजार्डले भोलि बेटिसविरुद्धको खेलमा केहि मिनेट पाउने सम्भावना छ । हजार्डलाई चेल्सीसँगको खेलको लागि तयार बनाउने प्रशिक्षक जिदानको लक्ष्य रहेको छ । रियल म्याड्रिडले अप्रिल २७ मा च्याम्पियन्स लिग अन्तर्गत हुने सेमिफाइनलको पहिलो लेगमा चेल्सीको सामाना गर्दैछ ।

हजार्डसँगै मिडफिल्डर लुका मोड्रिकपनि टिममा फर्किएका छन् । जिदानले मोड्रिकलाई काडिजविरुद्वको खेलमा विश्राम दिएका थिए । यस्तै सामान्य चोटको कारण टिम बहिर रहेका टोनी क्रुस र मेन्डी भने चेल्सीसँगको खेल अगाडिसम्म फिट हुने जिदानले विश्वास व्यक्त गरे ।

बेटिससँगको खेलको लागि रियल म्याड्रिडको टोली:

Leave a Reply

Your email address will not be published. Required fields are marked *