बालुवाटारमा ओली र वामदेवको ‘डिनर मिटिङ’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बिहीबार राति भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र गौतमबीच डिनरसहितको भेटवार्ता भएको हो ।

दिउँसो वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको भेटवार्तापछि राति प्रधानमन्त्रीले गौतमलाई बालुवाटारमा बोलाएर भेट गरेका हुन् । भेटमा पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा खुलेर छलफल भएको बताइएको छ । वरिष्ठ नेता नेपालसँगको वार्ता सकारात्मक रुपमा अघि नबढेको खबर सार्वजनिक भएको थियो ।

भेटमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वार्ता सकारात्मक भएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् । भेटमा गौतमले केपी ओली देशको प्रधानमन्त्री हुनुका साथै एमालेको अध्यक्षसमेत भएको तर उनीसँगको आफ्नो सम्बन्ध पदका कारणले बनेको नभइ जमानादेखिको भएको बताएका थिए ।

यस्तै आफ्नो र ओलीबीचको सम्बन्ध अटुट रहिरहने पनि गौतमले बताएका भट्टराईको बताएका छन् । उनले पार्टीभित्रको विवाद मिलाउन गौतमले भूमिका खेल्नुका साथै ओलीलाई साथ दिने समेत विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *