राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते उपनिर्वाचन हुने

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । उपचुनाव घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *