ओलीसँगको वार्तापछि नेपालले भनेः ‘कुनै पनि प्रगति छैन’

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा कुनै प्रगति नभएको जानकारी दिएका छन् ।

आज नक्सालस्थित मेरियट होटेलमा भएको दोस्रो दिनको वार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भने, “कुनै पनि प्रगति छैन ।” उनले थप प्रतिक्रिया दिन मानेनन् ।

नेपालसँग करिब डेढ घण्टा वार्ता गरेपछि प्रधानमन्त्री ओली होटलबाट बाहिरिएको थिए । त्यसपछि नेता नेपालले हाेटलमै ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडसँग पनि संवाद गरेका थिए । वार्ता सकिएपछि माधव नेपालले मसँग चिया खाउँ भनेकोले केही क्षण चिया पिएर बसेको दुगडले संचारकर्मीलाई जानकारी दिए ।  दुगडले भने, ‘तपाईंहरू अनुमान लगाउन सक्नुहुन्छ । यो घाउ एक दुई ओटा वार्तामा टुंगिदैन । यो वार्ता हिजोभन्दा आज सकारात्मक भयो । आजभन्दा भोलि सकारात्मक हुने छ । सौहार्दपूर्ण वातावरणमा वार्ता भयो । पार्टीलाई टुट्न दिनु हुन्न यही विषयमा छलफल भएको छ ।’

लामो समयदेखिको संवादहिनता तोड्दै हिजो ओली र नेपालबीच हिजो पनि सोही होटलमा भेटवार्ता भएको थियो । पार्टीभित्रको विवाद समाधानका लागि आजैको वार्ता निर्णायक हुने बताइएकाे थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *