ओली-नेपालबीचको भेटले ‘कालो बादलमा चाँदीको घेरा’ भेटिएझैं कार्यकर्तामा आशा पलाएको छः गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकर्ण विष्टले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ताले कालो बादलमा चाँदीको घेरा भेटिएको टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक संजालमार्फत विष्टले जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान सम्भव भएको बताएका हुन् । उनले लेखेका छन्, ‘हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबीच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ ।’

अध्यक्ष ओली र नेता नेपालबीच बुधबार साँझ काठमाडौंको नक्सालस्थित होटल मेरियटमा दुई घण्टा भन्दा बढी समय वार्ता भएको थियो । भेटवार्तामा पार्टीभित्रको विवाद समाधानका विषयमा कुराकानी भएको बताइएको छ ।

 

ओलीसँगको भेटपछि माधव नेपालले भने -अहिले म केही बोल्दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *