ओलीसँगको भेटपछि माधव नेपालले भने -अहिले म केही बोल्दिन

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएको छ । नक्सालस्थित होटल म्यारियटमा दुई नेताबीच करिब साढे दुई घण्टा वार्ता भएको हो ।

भेटवार्ता सकेर बाहिर निस्कने क्रममा वरिष्ठ नेता नेपालले अहिले आफू केही नबोल्ने बताए । तर प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले दुईटा नेता मिले देशका लागि राम्रो हुने बताए ।

उनले दुई जना नेताहरु प्रफुल्ल मुद्रामा निस्केको बताए । दुबै जना नेता वर्षौंसम्म सँगै काम गरेकाले भेट देशका लागि यो राम्रो सुरुवात भएको बताए । उनले दुबै नेता तनावरहित रहनु भएकोसमेत बताए । पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच भेटवार्ता भएको छ ।

सत्तारुढ दल नेकपा एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *