USAID

पाँच देशमा पढ्न जानका लागि एनओसी वितरण स्थगित


काठमाडौँ । सरकारले ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (एनओसी) वितरण तत्कालका लागि स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बगंलादेश र चीनका लागि एनओसी स्थगित गरेको जनाएको छ ।

मन्त्रालयका उप–सचिव नारायण प्रसाद पोख्रेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘‘विश्वभर नयाँ भेरियन्ट सहितको कोभिड १९ फैलिइरहेको सन्दर्भमा नेपालमा समेत संक्रमण बढ्दै गएकाले हुँदा २०७८/०१/०९ गतेदेखी अर्को सूचना नआएसम्म वैदेशीक अध्ययन स्वीकृतीपत्र जारी गर्ने कार्य बन्द गरिएको छ ।”


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *