महादेव यादवलाई कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेवप्रसाद यादवलाई दिएको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले समिति संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ । यसअघि केन्द्र निर्वाचन समिति संयोजक राधेश्याम अधिकारी थिए ।

गत चैत २० गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अधिकारीले राजीनामा बुझाएका थिए । सोही बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *