आज युभेन्टस र पार्मा भिड्दै

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज साविक विजेता युभेन्टस र पार्मा भिड्दैछन् । एल्लिनाज रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२:३० बजे शुरु हुनेछ ।

घरेलु टोली युभेन्टस आजको खेल जित्दै शिर्ष स्थानको इन्टर मिलानसँग अङ्क दुरि घटाउन चाहन्छ । हाल युभेन्टस ३१ खेलमा ६२ अङ्कको साथ लिगको चौथो स्थानमा रहेको छ । जुन शिर्ष स्थानको इन्टरको भन्दा १३ अङ्क कम हो । युभेन्टसले पछिल्लो समय सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । युभेन्टसले लिगको पछिल्लो ५ खेल मध्य २ खेलमा मात्र जित निकालेको छ । सामान्य चोटको कारण लिगको पछिल्लो खेल गुमाएका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आजको खेल खेल्ने छन् ।

यता पार्मापनि आजको खेलमा सकारात्मक नतिजाको अपेक्षामा रहेको छ । हाल पार्मा ३१ खेलमा २० अङ्क जोड्दै लिगको १९ औं स्थानमा रहेको छ । पार्माले लिगको पछिल्लो ४ खेलमा जित निकाल्न सकेको छैन । दुई टोलीबिच भएको पछिल्लो १६ भेटमा १० खेल युभेन्टसले जितेको छ भने ३ खेल पार्माले आफ्नो पोल्टामा पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *