USAID

अफ्रिकी मुलुका चाडका राष्ट्रपति इद्रिसको विद्रोहीसँगको भीडन्तमा मृत्यु

  • 13
    Shares

विद्रोहीसँगको झडपमा घाइते भएका अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबीको मृत्यु भएको छ । विद्रोहीमाथि कारबाही गरिरहेको सेनालाई हौसला दिन उनी सोमबार चाडको उत्तरी क्षेत्र पुगेका थिए ।

चाड सेनाका प्रवक्ता जनरल आजम बर्मान्डोआ अगौनाले चाड टीभीमार्फत राष्ट्रपति डेबीको मृत्युबारे जानकारी दिएका हुन् । उनले चाडका राष्ट्रपति, सेनाका सर्वोच्च कमान्डर इद्रिस डेबीले मुलुकको सार्वभौमिकताका लागि लड्दै गर्दा सहादत प्राप्त गर्नु भएको बताए । डेबीले सन् १९९० मा ‘कु’मार्फत चाडको शासनसत्ता हातमा लिएका थिए ।

गत अगस्टमा उनी फिल्ड मार्सलका रुपमा बढुवा भएका थिए । त्यहाँ निर्वाचन आयोगका अनुसार डेबी छैटौं कार्यकालका लागि हालै मात्र निर्वाचित भएका थिए । अफ्रिका न्युजका अनुसार उनी ७९.३२ प्रतिशत मत प्राप्त गरेका थिए ।

सेना र विद्रोहीबीच झडप भइरहेकाले उनले आफ्नो विजयी भाषणलाई पछि सारेका थिए । सेनाका प्रवक्ताका अनुसार डेबीका छोरा जनरल महमत काकालाई मुलुकको अन्तरिम राष्ट्रप्रमुख घोषणा गरिएको छ । सेनाका प्रवक्ता अगौनाले रोयटर्ससँगको कुराकानीमा सेनाको कारबाहीमा ३ सयभन्दा विद्रोही मारिएका र १५० जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।

 


  • 13
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *