एमाले अध्यक्ष ओलीद्वारा नेपाल पक्षका ३२ सांसदसँग स्पष्टीकरण माग

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । एमालेको केपी ओली पक्षले संघीय संसदका २७ र कर्णाली प्रदेशको ५ सहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सोधेको स्पष्टीकरण पत्रमा नेपाल समूहका सांसदहरुलाई एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोप लगाइएको छ । सांसदहरुलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप कारवाही हुनसक्ने चेतावनी समेत दिइएको छ ।

स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए बैशाख १० गते बस्ने केन्द्रीय कमिटीको बैठकले कारवाही गर्ने तयारी गरेको छ । यसअघि नै एमालेले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि कारवाही गरिसकेको छ ।

स्पष्टीकरण सोधिका सांसदहरु

१) माधवकुमार नेपाल

२) झलनाथ खनाल

३) भीम रावल

४) सुरेन्द्र पाण्डे

५) घनश्याम भुसाल

६) पवित्रा निरौला

७) झपट रावल

८) यज्ञराज सुनुवार

९) मेटमणि चौधरी

१०) जीवनराम श्रेष्ठ

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दीपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द न्यौपाने

२७) रामकुमारी झाँक्री

कर्णाली प्रदेशका सांसद

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *