त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

प्रज्जवल थापा । कीर्तीपुरमा जारी त्रिकोणात्मक टि-२० आई सिरिजमा आज नेपाल र नेदल्याण्ड्स भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ ।

प्रतियोगिताको दुई खेलमा जिते निकालेको नेपाल आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । नेपालले पछिल्लो दुवै खेलमा नेदरल्याण्ड्स र मलेसियालाई समान ९/९ विकेटले पराजित गरेको थियो । पछिल्लो दुवै खेलमा अर्धशतक प्रहार गरेका कुशल भुर्तेल राम्रो फर्ममा रहेका छन् । कुशल भुर्तेल र असिफ शेखले दुवै खेलमा पहिलो विकेटको लागि किर्तिमानी शतकिय साझेदारी गरेका थिए । आजको खेल जितेको खण्डमा नेपाल फाइनल प्रवेश गर्नेछ ।

यता नेदरल्याण्ड्स भने पहिलो खेलमा भोगेको लज्जासपद हारको बादला लिने लक्ष्य साथ मैदान उत्रिनेछ । पहिलो खेलमा नेपालसँग ९ विकेटको हार बेहोरेको नेदरल्याण्ड्सले दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो । मलेसियाविरुद्वको खेलमा आक्रमक शतकसहित १ सय ३३ रन बनाएका नेदरल्याण्ड्सका ओपनर म्याक्स ओडाउड आजको खेलमा हाबी हुन सक्छन् । हाल नेदरल्याण्ड्स २ खेलमा २ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ४ अङ्क जोडेको नेपाल शिर्ष स्थानमा छ । मलेसियाले भने अङ्कको खाता खोल्न सकेको छैन ।

वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र मलेसियाको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि भिड्नेछन् । सिरिजको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *