USAID

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसद मन्त्री नियुक्त


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने जनता समाजवादी पार्टीका सांसदलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

उनीहरु जसपाका सांसद हुन् । सोमबार आफुविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरुलाई मन्त्री नियुक्त गरेका हुन् ।
अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई जना मन्त्रीले राजीनामा दिएका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *