USAID

थप १२२७ जनामा कोरोना संक्रमण, आठको मृत्यु, २५५ जना संक्रमणमुक्त

  • 2
    Shares

काठमाडौं । नेपालमा सोमबार थप १२२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८५९०० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७५५५५ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०९१ पुगेको छ। क्वारेन्टाइनमा ८१ जना छन् भने आइसोलेसनमा ७२५४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *