USAID

विध्वंसकारी प्रवृत्तिको पतन निश्चित छः माधव नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीति कुनै गजेडीको गफ नभएको बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा वरिष्ठ नेता नेपालले राजनीतिलाई गजेडीको गफ भन्ठान्नेहरु पतन हुने बताएका हुन् ।

संसदलाई कमजोर बनाउन संसद विघटन गर्ने विध्वंसकारी प्रवृत्तिले सबैलाई दुःख दिएको भन्दै त्यसलाई परास्त गरी छाड्ने बताए । उनले राजनीतिमा व्यक्ति पूजाको प्रवृत्ति देखिएको भन्दै त्यसले आफैंलाई सखाप पार्ने बताए ।

नेता नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीतर्फ संकेत गर्दै ओली व्यक्ति पूजा र कुप्रचारमा लागेको बताए । उनले आफूहरु विधिको शासन र कानुनी शासनको पक्षमा दृढताका साथ उभिएको र त्यसका लागि लडिरहने बताए । उनले भने, खास मान्छेलाई किनेर भजनमण्डली बनाएर प्रचार गरेर केही हुँदैन । त्यो प्रचार होइन, कुप्रचार हो । हिटलरले पनि त्यस्तै कुचप्रचार गर्यो । तर ऊ पछि पतन भो र उसका मान्छेको विजोग भयो।’

उनले आफूहरु गलत बाटोमा लागेकाहरुलाई सही बाटोमा ल्याउन लागिपरेको र हार मानेर मैदान नछाड्ने बताए । उनले भने, ‘हार मानेर मैदान छाड्ने होइन । सकेसम्म हामीले सबैलाई सप्रिउन भन्ने चाहना राख्नुपर्छ । हामी कुनै व्यक्ति विशेषको विरोधी नभइ गलत आचरणको विरोधी हो । गलत आचरण र बाटोमा नजनाउन भन्ने चाहना हो ।’ उनले राज्य चलाउन विधि र नीति चाहिने भन्दै अहिले विधि र नीति चाहिँदैन भनेर रमाउनेहरुको हार निश्चित भएको बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *