धवन चम्किदा दिल्लीको शानदार जित

प्रज्जवल थापा । ओपनर ब्याट्सम्यान शिखर धवनले उत्कृष्ट ब्याटिङ गरेको खेलमा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ । इन्डियन प्रिमियर लिग(आईपिएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा दिल्लीले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय ९८ रन जोड्दै लक्ष्य भेट्टायो । दिल्लीको लागि शिखर धवनले शानदार ब्याटिङ गर्दै ९२ रन जोडे । उनले ४९ बलमा १३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर पृथ्व शहले १७ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै मार्कुस स्टोइनिसले २७, ऋषव पन्तले १५ र स्टिभ स्मिथले ९ रनको योगदान गरे ।

पन्जाबको लागि ज्ह्ये रोचर्डसनले ४ ओभर बलिङ गर्दै ४१ रन दिएर २ विकेट लिए । यस्तै अर्श्दिप सिंह र रिले मेरिदिथको नाममा एक/एक विकेट रह्यो ।

यसअघि वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । ओपनरद्वय कप्तान केएल राहुल र मयङ्क अग्रवालले शतकिय साझेदारी गर्दै पन्जाबलाई उत्कृष्ट शुरुवात दिलाएका थिए । अग्रवालले ३६ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ६९ रन जोडे । अर्का ओपनर राहुलले ५१ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६१ रन जोडे । यस्तै दिपक होडाले २२, शाहरुख खानले १५, क्रिस गेलले ११ र निकालोस पोरानले ९ रनको योगदान गरे ।

दिल्लीको लागि क्रिस वोक्स, कागिसो रबडा, आवेश खान, लुकमेन मेरिवालाले १/१ विकेट लिए । जितसँगै दिल्ली ३ खेलमा ४ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित पन्जाब समान खेलबाट २ अङ्कको साथ सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *