गृहमन्त्री थापाले लिए शपथ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पदको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार मन्त्री थापाले शपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिएका राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् । यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो ।

राष्ट्रियसभा सदस्य पद गुमेसँगै उनी मन्त्री पदबाट स्वतः पदमुक्त भएका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले थापालाई आइतबार नै मन्त्री पदमा पुनः नियुक्ति गरी गृह मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *