USAID

केही दिनभित्रै तपाईंहरुले सुखद समाचार सुन्नुहुनेछः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र अदालत मिलेर नेकपा विभाजन गरेको आरोप लगाएका छन् । आइतबार चितवनको माडीमा वाइसिएल नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली र अदालत मिलेर पार्टी विभाजन गरेको आरोप लगाएका हुन् हुन् ।

उनले पार्टी विभाजन गर्ने कदम असंवैधानिक कदम भएकाले त्यसलाई परास्त गरिने बताए । उनले ओली सरकारले अहिले निरंकुश र असंवैधानिक रुपमा काम गरिरहेको बताए । अध्यक्ष प्रचण्डले अब नयाँ सरकार छिट्टै बन्ने र उनीहरुलाई ठेगान लगाउने बताए । उनले निरंकुश सरकार पतन भएपछि नयाँ सरकार बन्ने र त्यो सरकारले जनपक्षीय काम गर्ने बताए ।

चितवनबाट काठमाडौं गएलगतै दलहरुको बैठक बस्ने भन्दै प्रचण्डले केन्द्रमा नै केहीदिनमा एउटा नयाँ कायापलट हुने बताए । उनले भने,‘केही दिनभित्रै तपाईंले सुखद समाचार सुन्नुहुनेछ ।’

उनले शान्तिपूर्ण जनमुक्ति सेना बनाएर संगठित हुन युवालाई निर्देशन दिए । उनले प्रतिक्रियावादीहरुले निशाना आफूलाई बनाएको भन्दै आफू थकाइ मार्ने सोचमा नरहेको बताए । उनले भने, ‘म एक पटक फेरि जनताको बीचमा जान्छु र नवप्रतिक्रियावादीहरु विरुद्ध धावा बोल्नेछु। म ६५ बाट ६६ तिर लागेपनि म रगत हुन्जेल जनताको पक्षमा लड्नेछु । म अन्तिमसम्म लडेर मात्र शहीद, तिनका परिवारको ऋण तिर्नेछु । हामी सजिलै जित्नेछौं ।’

उनले आफू अहिले पनि कम्युनिष्ट एकताको पक्षमा रहेको भन्दै एकता गरिछाड्ने बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *