USAID

थापा पुनः गृहमन्त्रीमा नियुक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई गृहमन्त्री नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले थापालाई गृहमन्त्री पुनर्नियुक्त गरेकी हुन् ।

थापालाई संविधानको धारा उपधारा (१) अनुसार मन्त्रीमा पुनर्नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । आइतबारै संघीय संसद् सचिवालयले गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य नरहेको सूचना टाँस गरेको थियो । सांसदसँगै उनको गृहमन्त्री पद पनि समाप्त भएको थियो । उनलाई आजै साँझ ५ बजे शपथ गराउने तयारी गरिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *