USAID

एमसीसी सम्झौताप्रति कांग्रेस सकारात्मकः डा. संग्रौला


गलकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताप्रति सरकारात्मक भएको बताएकी छन् ।

नेपाल प्रेस युनियन बागलुङद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले एमसीसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने बताएकी हुन् । “एमसीसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन ।” उनले भनिन् ।

उनले वर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्,“ गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ । ” कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताइन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *