USAID

थापाले आजै पुनः गृहमन्त्रीको शपथ लिने


काठमाडौं । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापाले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

थापाको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहणको तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार थापा पुनः गृहमन्त्री बन्ने भएका हुन् । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताउने निर्णय गरेपछि थापा एमाले प्रवेश गरेका थिए ।

उनी २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रियसभा सदस्य निर्वाचित भएका थापा एमालेमा प्रवेश गरेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही अनुसार आजै संसद सचिवालयले उनको पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *