सिरि ए मा युभेन्टस र एटलान्टा भिड्दै

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज साविक विजेता युभेन्टस र एटलान्टा भिड्दैछन् । गेविस स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ६ः४५ बजे शुरु हुनेछ ।

आज हुने खेल जित्दै दुवै टोली दोस्रो स्थानमा उक्लिन चाहन्छ्न् । हाल युभेन्टस ३० खेलमा ६२ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । युभेन्टसलाई आज शीर्ष दुई स्थानमा रहेका मिलान क्लबसँग अङ्क दुरि घटाउने अवसर पनि छ । इन्टर ३० खेलमा ७४ अङ्कको साथ शीर्ष स्थानमा छ भने समान खेलबाट ६३ अङ्क जोडेको एसी मिलान दोस्रो स्थानमा छ । युभेन्टस लिगको पछिल्लो तीन खेलमा अपराजित रहेको छ ।

लिगको पछिल्लो चार खेलमा जित हात पारेको एटलान्टाले आजको खेलमा जित निकालेको खण्डमा दोस्रो स्थानमा उक्लिनेछ । हाल एटलान्टा ३० खेलमा ६१ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ । दुई टोलीबिच भएको पछिल्लो २३ भेटमा १६ खेल युभेन्टसले जितेको छ भने मात्र एक खेलमा एटलान्टाले जित निकाल्न सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *