USAID

बार्सिलोनालाई ‘कोपा डेल रे’को उपाधि


प्रज्जवल थापा । क्याटलान क्लब बार्सिलोनाले ‘कोपा डेल रे’को उपाधि जितेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई ४-० गोलले पराजित गर्दै ३१ औं पटक कोपाको उपाधि जितेको हो ।

बार्सिलोनाको यो सिजनको पहिलो उपाधि हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गर्दा एन्टोइन ग्रिजमन र फ्रेन्की डि योङले एकरएक गोल गरे । एथ्लेटिकले दोस्रो हाफको १२ मिनेटको अन्तरालमा चार गोल बेहोरेको हो । दोस्रो हाफको ६० औं मिनेटमा डि योङको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएक थिए । ६३ औं मिनेटमा जोर्डी अल्बाको पासमा डि योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

६८ औं मिनेटमा डि योङको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-० गोलको अग्रता दिलाए । यस्तै ७२ औं मिनेटमा अल्बाको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० गोलको शानदार जित दिलाए । जितसँगै बार्सिलोनाले सन् २०१८ पछि पहिलो कोपाको उपाधि जितेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *