नयाँ सरकार बनाउने गृहकार्य कर्णाली प्रदेशबाट शुरु : सङ्ग्रौला

म्याग्दी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नीति र एजेण्डाको विषयलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व चयन गर्ने बताएकी छन् ।

नेपाल प्रेस युनियन म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता र संरक्षणमा प्रतिबद्ध रहेको पार्टी भएकाले नीति र एजेण्डामा केन्द्रित रहेर महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताएकी हुन् ।

सङ्ग्रौलाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउने गृहकार्य भइरहेको उल्लेख गर्दै नयाँ सरकार बनाउने गृहकार्य कर्णाली प्रदेशबाट शुरु भएको दावी गरिन् । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा खोप लगाउने कार्यप्रतिसरकार जिम्मेवार बन्न नसकेको आरोप पनि लगाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *