गैँडाको संख्या बढेकामा अमेरिका प्रशन्न, नेपाललाई दियो बधाई

काठमाडौँ । गैँडाको संख्या बढेपछि अमेरिकाले प्रशन्नता व्यक्त गर्दै नेपाललाई बधाई दिएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आज बिहान सामाजिक सञ्जालमार्फत् संरक्षणको क्षेत्रमा लगातारको मेहेनले नेपालमा एक सिंगे गैँडाको उल्लेख्यरुपमा बढेको भन्दै उक्त समाचारले आफूलाई धेरै खुशी तुल्याएको बताएका हुन् ।

‘संरक्षणको क्षेत्रमा नेपालले लगाताररुपमा प्रशंसनीय मिहिनेत गर्दै आइरहेको छ, एक सिंगे गैँडाको संख्या ७५२ पुगेको छ’, राजदूत बेरीले ट्विटमा भनेका छन्, ‘यसले मलाई एकदमै खुशी बनाएको छ ।’

वन्यजन्तु संरक्षणमा एक दशक लामो साझेदार रहेको अमेरिकी नियोग उक्त समाचारबाट गौरवान्वित भएको पनि राजदूत बेरीले बताएका छन् ।

उनले अमेरिकी सञ्चारमाध्यम सीएनएनको समाचारको लिंक संलग्न गर्दै भनेका छन्, ‘यो शानदार उपलब्धीका लागि हामी नेपाललाई बधाई दिन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *