बाँके । बाँकेको कोहलपुर नगरापालिका वडा नम्बर १३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरानका लागि छुटेको बस र टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी ७ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागी कोहलपुर मेडिकल कलेजमा पठाइएको छ । मृतक र घाइतेको पहिचान अझै खुल्न सकेको छैन । दुर्घटनामा मृत्यु हुने सबै बसका यात्रु हुन् ।
