पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङविरूद्ध बिहीबार प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । भावी मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता नेपालीलाई प्रस्ताव गरिएको छ ।
कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर नगरेपनि अविश्वास प्रस्तावमा जनमोर्चाले समर्थन गर्ने सहमति भइसकेको छ ।
यसैबीच आफूविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले गएराति १२ बजेदेखि नै लागू हुने गरी गण्डकी प्रदेशको अधिवेशन अन्त्य गरेका थिए। । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अमिक शेरचनल बुधबार अधिवेशन अन्त्य गरेका थिए ।