रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

प्रज्जवल थापा । स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्लिस क्लब लिभरपुललाई समाग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले सेमिफाइनलको बाटो तय गरेको हो ।

गएराति एन्फिल्डमा भएको दोस्रो लेगमा गोलरहित बराबरी खेलेपनि म्याड्रिड पहिलो लेगको नतिजाले सेमिफाइनल पुग्न सफल रह्यो । घरेलु मैदानमा भएको पहिलो लेगमा रियल म्याड्रिडले लिभरपुललाई ३-१ गोलले पराजित गरेको थियो ।

अब रियल म्याड्रिडले फाइनल प्रवेशको लागि चेल्सीसँग भिड्नेछ । चेल्सीले पोर्टोलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलको टिकट काटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *