थप ५८० जनामा कोरोना संक्रमण, तीनको मृत्यु, १२९ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ४ हजार २८९ पीसीआर परीक्षण गर्दा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६१ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको ४ सय ५१ परीक्षणमा २३ जना संक्रमित देखिएका छन् । पीसीआर र एन्टिजेनबाट गरिएको परीक्षणबाट २४ घण्टामा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६ पुगेको छ । त्यस्तै थप १ सय २९ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या भने ७९ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *