घुस लिएको अभियोगमा मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार जग्गा नामसारी तथा अंशबण्डा गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा केही दिन पहिले जोशी २४ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए । आयोगले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *