एमालेको नेपाल पक्षद्वारा रुपन्देहीमा दुई सय ५ सदस्यीय कमिटी घोषणा

बुटवल । नेकपा एमालेको माधव नेपाल पक्षले रूपन्देही जिल्लामा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय कमिटी घोषणा गरेको छ । उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा मंगलबार नेपाल पक्षले जिल्ला कमिटी घोषणा गरेको हो ।

कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । क्षेत्रीय कमिटी, पालिका स्तरीय इन्चार्ज र जनवर्गीय संगठनको संयोजकको समेत जिम्मेवारी तोकिएको जिल्ला सदस्य खेम लुइँटेलले जानकारी दिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढेपछि नेपाल पक्षले संगठन सुदृढीकरण अभियानअन्तर्गत जिल्ला कमिटी घोषणा गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *