रेशमलाल चौधरीलाई छुटाउन सरकारले प्रक्रिया अगाडि बढायो, कानूनलाई ठाडो चुनौति

काठमाडौँ । ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीलाई सजायँ माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि चौधरीलाई सरकारले कैद सजायँ माफी दिन प्रक्रिया अघि बढाएको छ ।

कर्तब्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो । उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । चौधरी २०४७ फागुन १४ देखि अनुसन्धानका लागि थुनामा छन् । अदालतको फैसलाअनुसार चौधरी २०९४ फागुन १३ सम्म थुनामा रहनुपर्छ ।

जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्चअदालत दिपायलमा आफू छुट्न पाउनुपर्ने दावीसहित निवेदन दर्ता गरेका थिए । उच्च अदालतले जिल्ला अदालत कैलालीकै निर्णय सदर गर्दे उनलाई थुनमुक्त गर्न नमिल्ने आदेश गरेको थियो । उच्च अदालतले २०७४ चैत २२ मा जिल्ला अदालतको आदेश सदर गर्दै थुनामा राख्न भनेको थियो ।

फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पुर्याएर राष्ट्रपतिले माफी मिनाहा दिनसक्ने व्यवस्था छ । अदालतमा विचाराधीन फौजदारी मुद्दामा भने माफी मिनाहा गर्न कानुनले मिल्दैन । तर सरकारले फौजदारी कार्यविधिमा भएको कानुनी व्यवस्थामै टेकेर माफी मिनाहा गराउने प्रक्रिया थालेको हो । चौधरी तत्कालीन राष्टिय जनता पाटीको तर्फबाट कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित भएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *