घुस लिएको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखाको धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसमेत सातजनाविरुद्ध गैरकानूनी लाभ तथा हानि गरी भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मत तथा पुनर्निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गरेको पाइएको छ ।

सो कार्यका लागि प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनीयर प्रवीन बस्ती सबइन्जिनीयर रामनारायण चौधरीविरुद्ध १० लाख ६३ हजार ५७ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

यस्तै, आयोगले आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाइँ गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । त्यस्तै, वडास्तरीय अनुमगन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङलाई भने बिगो दाबी गरिएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *