काठमाडौँ । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका वडा नम्बर दुईस्थित तैलुङ जंगलमा लागेको डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीका साथै हेलिकप्टर प्रयोग गरिएको छ ।
आइतबार बिहान ९ः४० बजेदेखि लागेको आगो निभाउन नेपाली सेनाको महेन्द्रदल गणबाट ७६ जनाको अग्नी नियन्त्रक टोली, ३ वटा दमकल सहितको टोली खटिई आगो नियन्त्रणको प्रयास जारी राखेको नेपाली सेनाले जनाएको छ । डढेलो बढ्दै गएपछि दिउँसो आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर गरिएको छ ।
