गृहको स्पष्टोक्तिः पुराना विभूषण भएकाले पदकमा पूरानै नक्सा

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार वितरण भएका विभूषण पुरानो मितिका भएकाले पुरानै नक्सा उल्लेख गरिएको स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी विभूषण ३ असोज ०७६ मा घोषणा भई  ०७७ वैशाख १ मा  वितरण गर्नुपर्नेमा कोभिड–१९ महामारीका कारण शुक्रबार मात्र वितरण गरिएको जनाएको छ ।

मन्त्रालयले  ०७७ असोज ३  मा घोषणा भई ०७८ वैशाख १ मा वितरण गरिने विभूषणहरूमा भने कालापानी–लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा अंकित गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *