प्रज्जवल थापा, पोखरा । संकटा क्लबले १९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा संकटाले अफ्रिकन रुट्स एसोसिएसनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै पहिलो पटक उपाधि चुमेको हो ।
निर्धारित समय र थप गरिएको समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो । पेनाल्टी सुटआउटमा संकटा भाग्यमानी रह्यो । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । पहिलो हाफको दशौं मिनेटमा बास्सेकले गोल गर्दै अफ्रिकन रुट्सलाई खेलमा अगाडि बढाएका थिए । ५१ औं मिनेटमा ग्लोरीले गोल गर्दै संकटालाई बराबरीमा ल्याए । तर बाँकी समयमा थप गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
उपाधिसँगै संकटाले नगद १० लाख १ हजार पाएको छ भने उपविजेतामा सिमित अफ्रिकन रुट्सले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।
