सत्ता समीकरणका विषयमा तीन दल छलफलमा

काठमाडौं । सत्ता समीकरणका विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी शीर्ष नेता छलफलमा जुटेका हुन् । बूढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा तीन दलको बैठक सुरु भएको हो ।

बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई नेता राजेन्द्र महतो सहभागी छन् । त्यस्तै माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतका नेता बैठकमा सहभागी छन् ।

त्यस्तै कांग्रेसको तर्फबाट बैठकमा सभापति देउवा सहित वरिष्ठ रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायतका नेता छन् । कांग्रेस सभापति देउवाले नयाँ सरकार गठनका बारेमा छलफल गर्न आजका लागि बैठक बोलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *