प्रज्जवल थापा । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटको नयाँ सिजन आजबाट शुरु हुँदैछ । आज हुने उद्धाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् । चेन्नईमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्दै नयाँ सिजनको उत्कृष्ट शुरुवात गर्न चाहन्छन् । अघिल्लो सिजन उपाधि उचालेको मुम्बई यस सिजनपनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ । मुम्बईले आईपिएलको उपाधि सार्वधिक पाँच पटक जितिसकेको छ ।

यता अघिल्लो सिजन प्लेअफ पुगेको बैंग्लोरले यस सिजन उपाधि जित्ने लक्ष्य राखेको छ । विराट कोहलीको कप्तानीमा मैदान उत्रिने बैंग्लोरले आईपिएल उपाधिको अनुभव गर्न सकेको छैन । बैंग्लोरले यस सिजनको अक्सनमा ग्लेन म्याक्सवेल र क्लेन जेम्मिसनलाई महँगो मुल्यमा टोलीमा भित्राएको छ । जसले गर्दा टोली थप मजबुत देखिएको छ ।
मुम्बईको सम्भावित ११:- रोहित शर्मा(कप्तान), क्विन्टिन डि कक, शुर्यकुमार यादव, इसान किसान(विकेटकिपर), हार्दिक पाण्ड्य, किइरोन पोलार्ड, कुर्नाल पाण्ड्य, पियूष चावला/जयन्त यादव, राहुल चहार, ट्रेन्ट बोल्ट, जसप्रित बुम्रा
बैंगलोरको सम्भावित ११:- डेभदत्त पडिक्कल, विराट कोहली(कप्तान), ग्लेन म्याक्सवेल, एबी डि भिल्लियर्स, मोहम्मद अजहरौद्दिन/राजत पतिडर, डानियल क्रिसटेन, वासिङ्टन सुन्दर, क्येल जेम्मिसन, नवदिप सैनी, मोहम्मद सिराज, युज्वेन्द्र चहाल

भारतमा बढ्दै गरेको कोरोना महामारीको कारण बिसिसिआईले दर्शललाई रंगशालामा प्रवेश निषेध गरेको छ । यस सिजन आईपिएल ६ सहर बैंग्लोर, मुम्बई, दिल्ली, अमदाबाद, चेन्नई र कोलकातामा हुनेछ । कुनैपनि टोलीले घरेलु मैदानमा खेल्न पाउनेछैनन् । ५२ दिन चल्ने प्रतियोगितामा ६० खेल हुनेछ । प्लेअफ र फाइनलका खेलहरु अहमदाबादस्थित नरेन्द्र मोदी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।
