सत्ता समीकरणका विषयमा छलफलका लागि कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको विषयमा छलफलका लागि नेकपा कपामाओवादी केन्द्र र जनता समाजवादीलाई बोलाएका छन् । कांग्रेस सभापति देउवाले शुक्रबार दिउँसो तीन बजे सत्तासमीकरणका विषयमा छलफल गर्न आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जसपालाई बोलाएका हुन् ।

माओवादी र जसपालाई छलफलका लागि पार्टी सभापति देउवाले बोलाउनुभएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

गत शुक्रबार बसेको कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । ओली सरकार बिस्थापन गरी नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको सहकार्य जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *