प्रधानमन्त्री ओली संसदको अस्तित्व नामेट पार्ने प्रयासमाः सांसद पहाडी

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद सत्या पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वलाई समेत धुलोमा मिलाउने कोशिस गरेको आरोप लगाएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पहाडीले संसदलाई विजनेश नदिएर प्रधानमन्त्रीले संसदको अस्तित्व नामेट पार्न लागेको आरोप लगाएकी हुन् । उनले भनिन्, ‘यतिबेला सिंगै अधिवेशनलाई सरकारले बिजनेस विहीन बनाएको छ । के सरकारले विजनेश दिने हैसियतै गुमायो ? वा सरकारको मानसिकता अझै पुःस्थापित भईसकेको छैन ।’

सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायलय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दुर्भाग्यपूर्ण र रहस्यमय रहेको बताए । सांसद महन्थ ठाकुरले दिएको एक अन्तरवार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी क्लियर छैन भनेर अभिव्यक्ति दिएको
प्रसंग उल्लेख गर्दे उनले भने, ‘म ठाकुरजीसँग सोध्न चाहन्छु कि आज मधेसका जनता संघीयता विरोधी सरकारमा जान चाहँदैन । संघीयता र गणतन्त्रविरोधी सरकारमा जान चाहदैन ।’

सांसद स्मृति नारायण चौधरीले दिल्लीबाट चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *