च्याम्पियन्स लिगमा चेल्सी विजयी

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगमा इङ्लिस क्लब पिएसजीले जित हात पारेको छ । बुधबार राति भएको क्वाटर फाइनलको पहिलो लेगमा चेल्सीले पोर्टोलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मासोन माउन्ट र बेन चिलवेलले एक/एक गोल गरे । पहिलो हाफको ३२ औं मिनेटमा जोर्जिन्होको पासमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा अगाडि बढाएका थिए । ८५ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चल्सीलाई २-० गोलको जित दिलाए ।

जितसँगै चेल्सीले सेमिफाइनल पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ । अब घरेलु मैदानमा हुने दोस्रो लेगमा चेल्सीलाई बराबरीको नतिजा पर्याप्त रहनेछ । दोस्रो लेग अप्रिल १३ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *