USAID

रोनाल्डो र डिबालाको गोलमा युभेन्टस विजयी

  • 1K
    Shares

प्रज्जवल थापा । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलको मद्दतमा युभेन्टसले सिरि ए मा जित हात पारेको छ । बुधबार राति भएको खेलमा युभेन्टसले नेपोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एल्लिनान रंगशालामा भएको खेलमा युभेन्टसले शुरुवाती अग्रता लिएको थियो । खेलको १३ औं मिनेटमा चिएसाको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा बेन्टान्चुरको पासमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिबालाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

खेलको अन्तिम मिनेटमा लोरेन्जो इन्सिग्ने पेनाल्टीमा गोल गर्दै नेपोलीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । तर बाँकी समयमा थप गोल नहुँदा युभेन्टस २-१ गोलले विजयी भयो । जितसँगै युभेन्टस २९ खेलमा ५९ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित नेपोली समान खेलबाट ५६ अङ्क जोड्दै पाँचौ स्थानमा रहेको छ ।


  • 1K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *