संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा

प्रज्जवल थापा । संकटा क्लब १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा संकटाले विभागीय टोली एपिएफ क्लबलाई २-० गोलले पराजित गर्दै फाइनलको टिकट काटेको हो ।

पोखरा रंगशालामा भएको खेलमा संकटालाई जित दिलाउन सुवास गुरुङ र ग्लोरीले एक/एक गोल गरे । खेलको ३३ औं मिनेटमा सुवास गुरुङले गोल गर्दै संकटालाई खेलमा अगाडि बढाएका थिए । यस्तै खेलको अन्तिम मिनेटमा ग्लोरीले गोल गर्दै संकटालाई २-० गोलको जित दिलाए ।

भोलि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा अफ्रिकन रुट एसोसिएसनले नेपाल पुलिस क्लबको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार प्राप्त गर्नेछ ।

तस्बिर:- गोल नेपाल डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *