एथ्लेटिको म्याड्रिडलाई ठूलो झट्का, स्वारेज घाइते

प्रज्जवल थापा । एथ्लेटिको म्याड्रिडका स्ट्राइकर लुइस स्वारेज घाइते भएका छन् । बुधबार क्लबले विज्ञप्ति जारी गर्दै स्वारेजले बायाँ खुट्टामा चोट बोकेको जनाएको हो ।

बुधबार भएको प्रशिक्षणमा असहज अनुभव गरेपछि गरिएको परिक्षणमा स्वारेजको बायाँ खुट्टामा चोट लागेको क्लबले जनाएको छ । यससँगै उनले घरेलु लिगमा इबार, हुएस्का र एथ्लेटिक बिल्बाओविरुद्वको खेल गुमाउने भएका छन् ।

यससँगै घरेलुु लिग जित्ने लक्ष्य राखेको एथ्लेटिको म्याड्रिडलाई ठूलो धक्का लागेको छ । एथ्लेटिकोले लिगको पछिल्लो ५ खेलमध्य २ खेलमा मात्र जित निकालेको छ । हाल एथ्लेटिको २९ खेलमा ६६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *