प्रज्जवल थापा । रियल म्याड्रिडका डिफेन्डर राफेल भरानलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान गरिएको परीक्षणमा भरानलाई कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको हो ।
यससँगै रियल म्याड्रिडलाई च्याम्पियन्स लिग खेल अगाडि ठूलो झट्का लागेको छ । रियल म्याड्रिडले आज राति च्याम्पियन्स लिग अन्तर्गत हुने क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १२ः३० बजे शुरु हुनेछ । यस्तै म्याड्रिडका कप्तान तथा डिफेन्डर सेर्जियो रोमसपनि चोटको कारणको आजको खेलमा उपलब्ध छैनन् ।
